इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा, २८ लाख बिगोदाबी
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सेवाग्राहीसँग घूस रकम मागिरहेको अवस्थामा पक्राउ परेका दुवैविरुद्ध अख्तियारले सोमबार विशेषमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घूस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा गत ७ कात्तिकमा रंगेशात पक्राउ गरेको थियो । दुवैविरुद्ध जनही २८ लाख रुपैयाँ बिगोदाबी गरिएको छ ।
अनुसन्धानको सिलसिलामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रामेछापका इन्जिनियर सत्याल र प्लम्बर थापाले विभिन्न आर्थिक वर्षहरूको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख रुपैयाँ घूस रिसवत माग गरी लिएको पुष्टि हुन आएकाले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया