अस्कर विजेता ‘अनोदर राउन्ड’को अंग्रेजी रिमेक बनाउँदै लियोनार्दो

लसएन्जल्स : आइतबार साँझ डेनिस फिल्म ‘अनोदर राउन्ड’ले अस्करमा अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फको अवार्ड जित्यो । म्याड् मिकलसन अभिनीत यो फिल्ममा बाँच्नका लागि रक्सीको सहारा लिने चार पात्रको कथा छ । निर्देशक थोमस भिन्टेरबर्गले फिल्ममा डेनिस भाषाको प्रयोग गरेका छन् ।
तर, अभिनेता लियोनार्दो डिकाप्रियोलाई यो फिल्म यति मन पर्यो कि उनले यो फिल्मको रिमेक अधिकार हात पारेका छन् । भेराइटीले लेखेको समाचारअनुसार यो फिल्ममा जेक ग्लेनहल र एलिजाबेथ ब्यांकसले पनि आँखा लगाएका थिए ।
तर, अन्तिममा यो रिमेक अधिकार लियोको एप्पियन वेले हात पारेको छ । गत वर्ष टोरन्टोमा फिल्मको वल्र्ड प्रिमियर भएसँगै यो फिल्ममा लियोले आँखा लगाएका थिए । स्रोतका अनुसार उनले फिल्ममा म्याड्ज मिकलसनको चरित्र आफ्नो जीवनको नजिक रहेको टिप्पणी गरेका थिए ।
रिमेक अधिकार लिएसँगै फिल्ममा लियोनार्दोले अभिनय पनि गर्ने चर्चा छ । यो खबर पुष्टि भइसकेको छैन । त्याबाहेक फिल्मका निर्देशक थोमस आफैंले यो फिल्म निर्देशन नगर्ने बताएका छन् । फिल्ममा उनी कार्यकारी निर्देशकको भूमिकामा रहनेछन् ।
आइतबार साँझ अस्कर ग्रहण गरेपछिको सम्बोधनमा उनले अवार्ड आफ्नो छोरीलाई सपर्मण गरेका थिए । यो फिल्मको सुटिङ सुरु भएको चौथो दिनमा थोमसकी १९ वर्षकी छोरीको मृत्यु भएको थियो ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया