नोरा फतेहीले हालिन् ज्याकलिनविरुद्ध मुद्दा

मुम्बई - अभिनेत्री नोरा फतेहीले समकालीन अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध मानहानीको मुद्दा हालेकी छिन् । ज्याकलिनले विनाप्रमाण आफ्नो नाम ठगी कान्डका आरोपी सुकेश चन्द्रशेखरसँग जोडेका भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेकी हुन् । ज्याकलिनले प्रवर्तन निर्देशनालय (इडी)सँगको सोधपुछमा ठग सुकेश चन्द्रशेखरको सम्बन्ध नोरा फतेहीसँग पनि रहेको बताएकी थिइन् ।
नोराले सुकेशसँग आफ्नो कुनै सिधा सम्बन्ध नरहेको तर उसकी श्रीमतीसँग भने सामान्य चिनजान रहेको बयान दिएकी थिइन् । नोराले सुकेशबाट कुनै उपहार पाएको पनि खण्डन गरेकी छिन् । नोराले अदालतमा दर्ता गरेको निवेदनमा ज्याकलिनबाहेक थुप्रै समाचार संस्थाले विनाप्रमाण आफ्नो मुछेर समाचार बनाएको र यसले आफ्नो करिअर र मानसिक स्वास्थ्यमा असर परेको दाबी गरेकी छिन् । नोरा र ज्याकलिन दुवैसँग इडीले मुद्रा अपचलनको विषयमा बारम्बार सोधपुछ गरेको थियो । ज्याकलिनलाई त प्रहरीले देश छाड्न अनुमति लिनपर्ने शर्तमा काम गर्न दिने गरेको छ । ज्याकलिन र नोरा दुवै विदेशी नागरिक हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया