गाईगोरु पाल्नेलाई अनुदान

म्याग्दी - जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो ।
धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाई र गोरु पाल्ने किसानलाई अनुदान दिने लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रममार्फत् अनुदान वितरणका लागि प्रस्ताव आह्वान गरिसकिएको उनको भनाइ छ ।
आधुनिक र व्यावसायिक पशुपालन तथा कृषि प्रवद्र्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो ।
आर्थिक वर्ष २०७९÷८० मा चार सयवटा गाईगोरुका लागि रु चार लाख अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ । अनुदानका लागि आवेदन दिने किसानले गाईगोरुको बीमा अनिवार्य गर्नुपर्ने हुन्छ । जलजला–७ धाइरिङमा समुदायस्तरबाट गौशाला सञ्चालन गरेर स्थानीय जातको गाई पालिएको छ ।
गाउँपालिकाले चालु आवमा दूध संकलन गर्ने ११ वटा समूह र सहकारीका लागि आवश्यक सामग्री उपलब्ध गराउन रु १५ लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा स्थापना भएको गाईभैँसी पकेट विकास कार्यक्रमको निरन्तरताका लागि रु १२ लाख र नयाँ पकेट स्थापना गर्न रु २५ लाख बजेट विनियोजन गरेको छ ।
दूध संकलन केन्द्र तथा सामग्री स्थापना कार्यक्रमका लागि समूह सहकारीबाट आवेदन माग गरिएको पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले बताए ।
यसअघिका वर्षमा गाउँपालिकाले कृत्रिम गर्भाधानबाट जन्मिएका गाईको बाच्छाबाच्छी र भैँसीका पाडापाडी हुर्काउने कृषकलाई पशुको सुत्केरी भत्ता, गोठ र बाख्राको खोर सुधारमा अनुदान दिएको थियो । रासस
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया