हुन्डाई ईभीका लागि नेपालमा हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालनमा

काठमाडौं– हुन्डाईको विद्युतीय गाडीका लागि नेपालमा ५ दिने हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन भएको छ। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर २६ देखि पुस १ गते सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि उक्त क्याम्प आयोजना गरेको हो।
प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरु र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो अभियानले कोना र आयोनिक लाईनअपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने छ।
त्यस्तै, क्याम्पमा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्ने जनाएको छ। देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुमसहित हुन्डाईले विद्युतीय सवारी साधनमा पहुँच बढाउँदै आएको छ।
हुन्डाईले सन् २०१९ मा कोना इलेक्ट्रिक लन्च गरेको थियो। त्यसपछि पनि निरन्तर रुपमा इलेक्ट्रिक कार ल्याइरहेको हुन्डाईको आयोनिक ५ यसपालीको वर्ल्ड कार अफ द इयर २०२२ जित्दै वर्षकै उत्कृष्ट कार बन्न पनि सफल भएको छ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया