एभरेष्ट बैंकको लाभांश पारित

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको २०.६८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २८औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले आर्थिक विवरण, वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पनि पारित गरेको जनाइएको छ । त्यस्तै, बैंकले अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ बनाउनका लागि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको जनाएको छ ।
बैंकको ७ प्रतिशत कन्भर्टेबल प्रिफरेन्स सेयर अन्तिमपटक साधरण सेयरमा परिणत हुने र प्रस्तावित बोनस सेयर वितरण भएपश्चात् हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकाले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको जनाइएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया