कर्णालीबाट प्रतिनिधि र प्रदेश सभामा ६१ सांसदले प्रतिनिधित्व गर्दै
दैलेख र सुर्खेतबाट बढी सांसद

सुर्खेत- कर्णालीबाट प्रतिनिधि र प्रदेश सभामा ६१ जना सांसदले प्रतिनिधित्व गर्दै छन् । सबैभन्दा बढी सांसद पाउने जिल्ला दैलेख र सुर्खेत रहेकाे छ । दैलेखबाट ११ र सुर्खेतबाट १० जना सांसदहरूले प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएका हुन् ।
दैलेख जिल्लाबाट प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक गरी ११ जना सांसदले प्रतिनिधित्व गर्ने भएका छन् । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ६ जना प्रत्यक्ष निर्वाचित भएका छन् । यहाँ पाँच जना समानुपातिकतर्फ सिफारिसमा परेका छन् ।
दैलेखपछि धेरै सांसद पाउनेमा सुर्खेत छ । यो जिल्लामा प्रत्यक्ष र समानुपातिक गरेर १० जना सांसद बन्ने भएका छन् । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाका निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ६ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् भने चार जना समानुपातिकतर्फ सिफारिसमा परेका छन् ।
यसैगरी, प्रतिनिधि र प्रदेश सभामा गरी जुम्ला र हुम्लाबाट ६/६ जना, रुकुम–पश्चिमबाट सात जना, कालीकोट र सल्यानबाट पाँच-पाँच जना, डोल्पा र जाजरकोटबाट चार-चार जना र मुगुबाट तीन जनाले प्रतिनिधित्व गर्ने छन् ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया