वीरगंजमा थप दुई कोभिड–१९ संक्रमितको मृत्यु

वीरगंज : वीरगन्जमा एकै दिन दुई जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा बाराका एकजना र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ का ४० वर्षीया महिलाको मंगलबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको हो ।
नारायणी अस्पतालमा बैशाख ९ गते भर्ना गरिएकोमा उनको सोही दिन पीसीआर परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड स्रोत व्यक्ति डाक्टर सरोज रोशन दासले जानकारी दिए । संक्रमित महिलाको मंगलबार बिहान करिब साढे एक बजेतिर मृत्यु भएको डाक्टर दासले बताए । उनमा कडा खालको निमोनियासहित श्वास प्रश्वासमासमेत समस्या देखिएको थियो ।
त्यस्तै वीरगन्जमा अर्को एक महिलाको पनि कोरोना संक्रमणमका कारण मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२५ कि ६५ वर्षीया महिलाको कारण मृत्यु भएको हो । बैशाख १३ गते सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको ती महिलाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनको १४ गते मंगलबार करीब बिहान ३ बजे नारायणी अस्पतालमा उपचारका क्रममा मृत्युु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिए । कोरोनाको दोश्रो लहर सुरु भएयता संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया