मधेश प्रदेशमा ५ सय १ जनाको जमानत जफत

जनकपुरधाम- मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ ५ सय १ जनाको जमानत जफत भएको छ ।
निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार प्रत्यक्षतर्फ प्रदेशका ८ वटै जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि ५ सय ९१ जना चुनावमा भाग लिएकामा ३२ जना निर्वाचितसहित ९० जनाले मात्र आफ्नो जमानत जोगाएका छन् भने ५ सय १ जनाको जफत भएको हो ।
आयोगको तथ्यांकअनुसार सप्तरीमा ६९ जनाले उम्मेदवारी दिएकामा ५७ जनाको जमानत जफत भएको छ । त्यस्तै सिरहामा ८७ जनामा ७५ जनाको, धनुषामा १ सय २ जनामा ९० जना, महोत्तरीमा ६७ जनामा ५४ जना, सर्लाहीमा ६९ जनामा ५८ जना, रौतहटमा ६८ जनामा ५९, बारामा ७६ जनामा ६४ र पर्सामा ५३ जनामा ४४ जनाको जमानत जफत भएको छ ।
सप्तरीको क्षेत्र नम्बर १ मा निर्वाचन नवलकिशोर साहसहित ३ जनाले जमानत जोगाउन सफल भएका छन् भने १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं. २ मा निर्वाचित सिके राउतसहित जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले जमानत जोगाएका छन् भने १३ जनाकाे जमानत जफत भएको छ ।
सप्तरी क्षेत्र नं. ३ मा पनि निर्वाचत दिनेशकुमार यादवसहित ३ जनाको जमानत बचेको छ भने १५ जनाको जफत भएको छ । क्षेत्र नं. ४ मा निर्वाचन तेजुलाल चौधरीसहित ३ जनाको जमानत बचेको छ भने १३ जनाको जफत भएको छ ।
सिरहाको क्षेत्र नम्बर १ मा निर्वाचित रामांशकर यादवसहित ३ जनाको जमानत बचेको छ भने २० जनाको जफत भएको छ । क्षेत्र नं. २ मा पनि निर्वाचित राजकिशोर यादवसहित ३ जनाले जमानत जोगाएका छन् भने २१ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा निर्वाचित लिलानाथ श्रेष्ठसहित ३ जना बाहेक १८ जनाको जमानत जफत भएको छ । क्षेत्र नं. ४ मा पनि निर्वाचित विरेन्द्रप्रसाद महतोसहित ३ जनाको जमानत बचेको छ भने १६ जनाको जफत भएको हो ।
सबैभन्दा धेरै जमानत भएको जिल्ला धनुषा हो । यहाँ क्षेत्र नम्बर १ मा निर्वाचित दिपक कार्कीसहित ३ जना बाहेक २३ जनाको जमानत जफत भएको छ भने २ मा निर्वाचित रामकृष्ण यादवसहित ५ जनाले जमानत जोगाएका छन् । र, ११ जनाको जफत भएको छ । क्षेत्र नम्बर ३ मा निर्वाचित जुलीकुमारी महतो र प्रतिष्पर्धी अनिलकुमार झाले मात्र जमानत जोगाएका छन् भने २९ जनाको जफत भएको छ । क्षेत्र नम्बर ४ मा पनि निर्वाचित रघुवीर महासेठसहित प्रतिष्पर्धी महेन्द्र यादवले मात्रै जमानत जोगाउन सफल भएका छन् भने २७ जनाकाे जफत भएको छ ।
त्यस्तै महोत्तरीको क्षेत्र नम्बर १ मा निर्वाचित लक्ष्मी महतोसहित ३ जनाले जमानत जोगाएका छन् भने १२ जनाको जफत भएको छ । क्षेत्र नं. २ मा निर्वाचित शरतसिंह भण्डारीसहित ३ जनाले जमानत बचाएका छन् भने १३ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा पनि निर्वाचित महन्त ठाकुरसहित ३ जनाकाे जमानत बचेको छ भने १८ जनाको जफत भएको छ । क्षेत्र नं. ४ मा निर्वाचित महेन्द्र यादवसहित ३ जना बाहेक ११ जनाको जफत भएको छ ।
सर्लाहीको १ मा निर्वाचित रामप्रकाश चौधरीसहित ३ जनाको बचेको छ भने १६ जनाको जफत भएको छ । २ मा पनि निर्वाचित महिन्द्र राय यादवसहित ३ जनाको जमानत जोगिएको छ भने १४ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा निर्वाचित हरिप्रसाद उप्रेती र प्रतिष्पर्धी नरेन्द्र साह कलवारले मात्र जमानत बचाउन सकेका छन् भने ११ जनाको जफत भएको छ । क्षेत्र नं. ४ मा निर्वाचित स्वतन्त्र उम्मेदवार अमरेश सिंहसहित ३ जनाले जमानत बचाएका छन् भने १७ जनाको जफत भएको छ ।
उता रौतहटको क्षेत्र नम्बर १ मा निर्वाचित माधवकुमार नेपाल र प्रतिष्पर्धी अजयकुमार गुप्ताले मात्रै जमानत बचाएका छन् १५ जनाको जफत भएको छ । क्षेत्र नं. २ मा पनि निर्वाचित किरणकुमार साह र प्रतिष्पर्धी मो. फिरदोस आलमले मात्रै जमानत बचाएका छन् । ११ जनाको जफत भएको छ भने क्षेत्र नं. ३ मा निर्वाचित प्रभु साहसहित ३ जनाको बचेको छ, १६ जनाको जफत भएको छ । क्षेत्र नं. ४ मा निर्वाचित देवप्रसाद तिम्लिसिना र प्रतिष्पर्धी उधवप्रसाद रेग्मीको उम्मेदवारी मात्रै बचेको छ भने १७ जनाको जफत नै भएको छ ।
त्यस्तै बाराको क्षेत्र नं. १ मा निर्वाचित अचुत्यप्रसाद मैनाली र प्रतिष्पर्धी उमाकान्त चौधरीको जमानत मात्रै बचेको छ र १५ जनाको जफत भएको छ । क्षेत्र नं. २ मा निर्वाचित रामसहायप्रसाद यादवसहित ५ जनाको जमानत बचेको छ भने १७ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा निर्वाचित ज्वालाकुमारी साहसहित ३ जनाले जमानत बचाएका छन् भने १४ जनाको जफत भएको र ४ मा निर्वाचित निर्वाचित कृष्णकुमार श्रेष्ठ र प्रतिष्पर्धी एकवाल मियाले मात्रै बचाएका छन् । १८ जनाले जमानत बचाउन सकेनन् ।
पर्साको क्षेत्र नं. १ मा निर्वाचित प्रदीपकुमार यादव र प्रतिष्पर्धी अजयकुरमा द्ववेदीले मात्रै जमानत बचाएका छन् भने १९ जनाको जफत नै भएको छ । यस्तै क्षेत्र नं. २ मा पनि निर्वाचित अजयकुमार चौरसिया र प्रतिष्पर्धी सुरेन्द्रप्रसाद कुर्मीको मात्रै जमानत बचेको छ भने ९ जनाको जफत भएको छ । क्षेत्र नं. ३ मा निर्वाचित राजकुमार गुप्तासहित ३ जनाको उम्मेदवारी बचेको छ भने ८ जनाको जफत भएको छ । त्यस्तै क्षेत्र ४ मा निर्वाचित रमेश रिजाल र प्रतिष्पर्धी जालिममिया अन्सारीको मात्रै जमानत जोगेको छ भने ८ जनाको जफत भएको छ ।

प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

सिरहाको बेतौनावासीको गुनासो ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण

करेन्ट लागेर महिलाको मृत्यु

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

प्रतिक्रिया