पर्वतका सात सय हेक्टर वन क्षेत्रमा आगलागी

पर्वत : वनमा लाग्ने डढेलो नियन्त्रण र वन संरक्षणसँगै प्रवद्र्धनको मुख्य भूमिका स्थानीयवासीको हुन्छ तर पर्वतका अधिकांश वनजङ्गलमा मानवीय कारणले आगलागी भएको तथ्याङ्कले देखाएको छ । गत चैत २५ गते दक्षिण पर्वतको पैयुँ गाउँपालिका-६ सरौखोलाको डाँडाकाहुँमा आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर नष्ट भए । जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् ।
डिभिजन कार्यालय पर्वतले आगलागीका अधिकांश घटना मानवीय कारण भएको निष्कर्ष निकालेको छ । कार्यालयले पैयुँमा मात्र होइन, जिल्लाका अधिकांश ठाउँमा मानवीय कारणले आगलागी भएको बताए पनि डढेलो लगाउनेलाई पहिचान गर्न मुस्किल हुने र प्रमाण जुटाउन समस्या हुने भएकाले कानूनी दायरामा ल्याउन गाह्रो भएको बताएको छ ।
वनजङ्गलमा आगो लगाउँदा कस्तो कानूनी कारवाही बेहोर्नुपर्छ भन्नेबारे नागरिकमा खासै जानकारी नहुँदा घटना मौलाउँदै गएको देखिन्छ । बस्ती आसपासमा नयाँ घाँस पलाउने आशले सुकेका पातपतिङ्गरमा लुकीछिपी आगो लगाउने गरिन्छ । जङ्गलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण वनजङ्गल सखाप हुने गरेको छ ।
पर्वतमा गर्मीयामसँगै जिल्लाका सामुदायिक वनमा आगलागीका घटना बढेको पाइन्छ । डिभिजन वन कार्यालयका अनुसार जिल्लामा यस वर्ष ५० वटा सामुदायिक वनमा आगालागी भएको छ । जलजला गाउँपालिका-८ नाग्लीवाङ, फलेवास-३ शङ्रकपोखरी, मोदी-२ र ३ को भमरकोट, चिसापानीलगायतका जङ्गलमा भीषण आगो लागेको छ । पर्वतमा यस वर्ष करिब ७०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ ।
डिभिजन वन कार्यालय पर्वतका प्रमुख मेघराज पौडेलले गर्मी बढ्दै जाँदा आगलागीका घटना पनि बढेको बताए । पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचेक्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो । जिल्लाका सबै सामुदायिक वनमा अग्नि नियन्त्रणका लागि सञ्जालसहित विभिन्न समिति गठन गरे पनि जनचेतना र आगलागीबाट हुने दीर्घकालीन असरका बारेमा पर्याप्त जानकारी नहँुदा हरेक वर्ष डढेलोको प्रकोप फैलिने गरेको छ ।
मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । कार्यालय प्रमुख पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनहरुको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँगको समन्वयमा आगलागी हुनेबित्तिकै निभाउन जाने गरिएको बताए ।
पछिल्लो समय डिभिजन वन कार्यालयले माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट प्रचारप्रसारलाई समेत तीव्रता दिएको जनाएको छ । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापलाई अपराधका रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ । रासस

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_murgrS1pTF_iaqyminplsn8oy5p6c33zacvkqft09oxm4bpefktdknxnxxnu7xnulo83cmh.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रतिक्रिया