फिफा विश्वकपः कतारमा मोरक्कोको जर्सी पाउनै मुस्किल
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा मोरक्कोले साविक विजेता फ्रान्सको सामना गर्दैछ । मोरक्को र फ्रान्सबीचको खेल अल बायट स्टेडियममा नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुँदैछ ।
तर मोरक्को र फ्रान्सबीचको खेल नजिकिँदै गर्दा कतारमा भने मोरक्कोको जर्सी भने पाउनै छाडेको अलजजिराले जनाएको छ । सेमिफाइनलमा पुगेसँगै मोरक्कोसँग जोडिएको खेलसामाग्रीको माग अत्यधिक बढेका कारण कतारमा पाउनै नसकिने अवस्था आएको छ । सेमिफाइनलमा पुगेपछि मोरक्कोका हजारौं समर्थकहरू कतार पुगेका छन् ।
विश्वकप सुरु भएपछि अर्जेन्टिना, ब्राजिल र कतार जस्ता टिमको जर्सी तथा अन्य सामाग्रीको माग बढी थियो । तर अहिले भने मोरक्कोको जर्सी तथा अन्य सामाग्रीको माग धान्नै नसक्ने अवस्था रहेको छ ।
सेमिफाइनलमा स्थान बनाउन मोरक्कोले नकआउट चरणमा स्पेन र पोर्चुगललाई पराजित गरेको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया