सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

संसद् सचिवालयका सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौँ - संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । घिमिरेले दिएको राजीनामा बुधबार स्वीकृत भएको हो ।

घिमिरेले मंगलबार संसद् सचिवालयका महासचिव भरत गौतम समक्ष राजीनामा दिएका थिए । पारिवारिक कारणले राजीनामा दिएको उनले बताएका छन् ।