भारतमा एकै दिन तीन लाख २३ हजार बढीलाई कोभिड-१९

नयाँदिल्ली : भारतमा गत २४ घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोभिड-१९ सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोभिड सङ्क्रमित भेटिएका यो छठौँ दिन भएको बताइएको छ । कोभिड महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ
यसैगरी यहाँ गएको २४ घण्टायता दुई हजार ७७१ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ । यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७६ लाख ३६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित हुनपुगेका बताइएको छ ।
भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजार भन्दा बढी कोभिड मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिडविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५० लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
कोभिडको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोभिडविरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोभिड परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कूल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोभिड परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोभिड प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ सोमबार एकैदिनमा २० हजार २०१ जना थप व्यक्ति कोभिड सङ्क्रमण देखिएको र ३८० जनाको मृत्यु भएको छ । दिल्ली कोभिड शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण १४ हजार ६२८ व्यक्तिको मृत्यु भएको छ । (सिन्ह्वा)

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

प्रतिक्रिया