बेथानचोक बस दुर्घटनाका घाइतेलाई निःशुल्क स्वास्थ्योपचार गर्न प्रचण्डको माग

काभ्रे - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा घाइते भएकाको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गरी दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
'मङ्गलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको छ, उक्त दुर्घटनामा परी निधन हुनुभएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु',शोक वक्तव्यमा भनिएको छ । अध्यक्ष प्रचण्डले दुर्घटनाको कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन् । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया