प्रहरी चौकीमा ताल्चा लगाएर सदरमुकाम आए प्रहरी

सुर्खेत - हुम्लाको नाम्खा गाउँपालिका – ५ को हिल्सा , ६ को लिमीस्थित सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सदरमुकाम सारिएको छ । अत्याधिक चिसो हुने भएपछि यी दुई ठाउँमा रहेका प्रहरी चौकीहरुमा कार्यरत प्रहरीहरू सदरमुकाम आएका हुन् ।
जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले दिएको जानकारीअनुसार हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएकाले दुवै प्रहरी चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको हो । कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनि मंसिरपछि चौकीमा खटिएका प्रहरीलाई सदरमुकाम झिकाउने काम हुँदै आएको छ ।
चौकीका प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ। हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत थिए । अघिल्ला वर्षमा हिल्सा प्रहरी चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका–५ कै मुचु प्रहरी चौकीमा हिल्साबाट फिर्ता बोलाएर राख्ने गरिए पनि यस वर्ष जिल्लामा बोलाइएको छ।
दुुबै प्रहरी चौकीका प्रहरी जेठसम्म जिल्लामै बस्ने र त्यसपछि मात्र चौकीमा फिर्ता हुनेछन्। हिल्सामै स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी (ओपी) भने हिल्सामै छ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया