फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, उपाधि भिडन्त अर्जेन्टिनासँग हुने

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्त आइतबार हुने भएको छ । यता क्रोएसिया र मोरक्कोले शनिबार तेस्रो स्थानका लागि खेल्ने भएका छन् ।
बुधबार राति फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र रान्डल कोलो मुआनीले एक-एक गोल गरे । थियोले ५ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
रान्डलले ७९ औँ मिनेटमा फ्रान्सको अग्रता दोब्बर बनाए । रान्डलले मैदान प्रवेश गरेको ४४ सेकेन्डमै गोल गरेका थिए । यसअघि सन् १९९८ मा डेनमार्कका इबे सान्डेले मैदान प्रवेश गरेको २६ सेकेन्डमै नाइजेरियाविरुद्ध गोल गरेका थिए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया