मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

आज काठमाडौं महानगरको सेवा प्रवाह बन्द रहने

काठमाडौं - काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज बिहीबार बन्द रहने भएको छ । आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ । 

महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम,  वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ ।