आईएमडीबीमा भारत : फिल्ममा ‘आरआरआर’, सिरिजमा ‘पञ्चायत’मा धेरै दर्शकको चासो

मुम्बई- आईएमडीबीले सन् २०२२ मा प्रदर्शित भारतीय फिल्म र सिरिजको सूची प्रकाशित गरेको छ । धेरै रेटिङ पाउने फिल्म र सिरिजको सूचीमा पहिलो स्थान ‘आरआरआर’ र ‘पञ्चायत’ले लिएका छन् । ‘आरआरआर’ फिल्मतर्फ पहिलो भएको हो भने ‘पञ्चायत’ सिरिजतर्फ । फिल्मको यो श्रेणी फिल्मको पेजमा दर्शकको प्रवेशका आधारमा निर्धारण गरिएको हो ।
एसएस राजामौली निर्देशित ‘आरआरआर’ले फिल्मतर्फ पहिलो स्थान हात पार्दा दोस्रो स्थान विवेक अग्निहोत्री निर्देशित ‘काश्मिर फाइल्स’ले हात पारेको हो । प्रशान्त निल निर्देशित ‘केजीएफ २’ तेस्रो स्थानमा छ । कमल हासन अभीनित ‘विक्रम’ यो सूचीको चौथो स्थानमा छ । रिसभ सेठ्ठीको ‘कान्तारा’ले पाँचौँ स्थान हात पार्न सफल भएको छ ।
माधवन अभीनित तथा निर्देशित ‘रकेट्री’ र ‘मेजर’ क्रमशः छैटौँ र सातौँ स्थानमा छन् । दलकिर सलमान र मृनाल अभीनित ‘सीतारामम्’ आठौँ स्थानमा छ भने नवौँ स्थानमा छ, मणिरत्नम् निर्देशित ‘पन्नियन सेल्भन’ । सूचीको दसौँ स्थानमा छ रक्षित सेठ्ठी अभीनित ‘७७७ चार्ली’ ।
सिनेमाबाहेक आईएमडीबीले सिरिजको पनि सूची जारी गरेको छ । सूचीको पहिलो स्थान ‘पञ्चायत’ले हात पारेको छ भने दोस्रो स्थानमा ‘दिल्ली क्राइम’को दोस्रो भाग रहेको छ । सूचीको तेस्रो, चौथो र पाँचौँ स्थानमा क्रमश ः ‘रकेट ब्वाइज’, ‘ह्युमन’ र ‘उपहरण’ रहेका छन् । ‘गुलक’ छैटौँ स्थानमा छ भने सातौँमा छ ‘एनसीआर डेज’ । ‘अभय’ कुनाल खेमुको ओटीटी डेब्यू रहेको सिरिज आठौँमा सूचीकृत छ भने ‘क्याम्पस डायरिज’ नवौँ स्थानमा । ‘कलेज रोमान्स’ सूचीको दसौँ स्थानमा छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया