धनगढीकाे जहरी खोलामा झोलुंगे पुलकाे उद्घाटन

कैलाली । धनगढी उप–महानगरपालिका वडा न. १७ को जहरी खोलामा निर्माण भएको ट्रस (स्टील) झोलुंगे पुल बिहीबार उद्घाटन गरिएको छ। पुलको शिक्षाविद् तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा. डा. हेमराज पन्तले उद्घाटन गरे ।
उक्त पुल उप–महानगरपालिकाले ३७ लाख २५ हजार रुपैयाँ लगानीमा निर्माण गरेको हाे। उपभोक्ता समिति मार्फत निर्माण गरिएको पुलको लम्बाई ३२ मिटर र चौडाई १ दशमलव ५४ मिटर रहेको छ। उक्त पुलले धनगढीको धुर्जन्ना र डमौलीया गाउँ जोडेको छ।
त्यस्तै,आजै धनगढी उप-महानगरपालिका वडा न. १५ शान्ति कटान र उर्मा जोड्ने शिवगङ्गा नदिमा निर्माण गरिएको झोलुङ्गे पुलको समेत डा. पन्तद्वारा नै उद्घाटन गरिएको छ । उपमहानगरपालिकाको आफ्नै कोषबाट ७९ लाख ७५ हजारमा निर्माण गरिएको पुलको लम्बाइ ११९.८० मिटर र चौडाई १.२० मिटर रहेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया