माघको अन्तिम साता ‘स्टार्टअप फेस्टिभल’
काठमाडौँ- नेपाल जस्तो विकासउन्मुख देशमा नयाँ उद्यमीहरूलाई ठाउँ दिनुपर्छ र लगानीकर्ताहरूलाई समेत यस किसिमका नयाँ योजनाहरूले प्रोत्साहन गर्ने भन्दै स्किल कर्नर नेपालले स्किल कर्नर स्टार्टअप फेस्टिभल आयोजना गर्न लागेको हो । फेस्टिभल माघको २५ र २६ गते हुने भएको छ । उक्त फेस्टिभलमा लगानीकर्ताहरूका निम्ति कमिटी गठन गरिने छ र त्यसअन्तर्गत नयाँ तथा मौलिक योजनासहितका उद्यमीहरूको स्टार्टअपमा लगानी गर्न इच्छुकहरूले लगानी गर्न सक्नेछन् ।
स्टार्टअप फेस्टिभल भन्ने बित्तिकै नयाँ स्टार्टअपहरूलाई आफ्नो बजार व्यवस्थापन गर्न यसले निकै सहयोग गर्ने र यसले उद्यमशीलतालाई समेत प्रोत्साहन गर्ने स्किल कर्नरका डाइरेक्टर सौदेन बडाल बताउँछन् । कम्पनीले यस अघि पनि यस किसिमका आयोजनाहरूमा कुनै न कुनै हिसाबले काम गरेको र भविष्यमा पनि यस्तो कार्य गर्ने योजना रहेको संस्थाको भनाई छ । सय भन्दा बढी नयाँ स्टार्टअपहरूले यसमा भाग लिने अनुमान गरिएको छ र दैनिक एक हजारभन्दा बढी व्यक्तिले फेस्टिभल अवलोकन गर्ने संस्थाको ठम्याई छ ।
फेस्टिभल डाइरेक्टर अग्रिम अधिकारीका अनुसार यस फेस्टिबलले नयाँ उद्यमीहरूलाई बजारसँग जोड्ने साथै ठूला लगानीकर्ताहरूलाई समेत नयाँ योजनाका उद्यमशीलतामा लगानी गर्ने सुवर्ण अवसर प्रदान गर्ने छ । संस्थाले यस कार्य आयोजना गर्न स्पन्सरसिपको आह्वान पनि गरिसकेको छ । नेपालमा पहिलो पल्ट उद्यमीहरूको निम्ति यति ठूलो फेस्टिभल हुन लागेको हो ।
भारत लगायत अन्य दक्षिण एसियाली मुलुकमा यस किसिमका आयोजनाहरू भैरहेको र यसपल्ट नेपालमा समेत यो आयोजनाले नयाँ इँट्टा थप्ने फेस्टिभल डाइरेक्टर एवम् स्किल कर्नर नेपालका प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया