कैलालीमा २० जना थुनुवामा कोभिड-१९ संक्रमण

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।
उनले थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कडाइ गरिएको बताए । ‘प्रमुख जिल्ला अधिकारी सरको निर्देशनअनुसार विगतमा कार्यालयमा हुने भीड नियन्त्रण गरेका छौ,’ उनले भने, ‘विगतमा एउटै कामका लागि ४/५ जना आउने गरेका थिए । अहिले एक जनालाई मात्रै प्रवेश गर्न दिएका छौ ।’ उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको पनि परीक्षण गरिने बताए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया