गण्डकीले स्पेनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने

पोखरा- पोखरामा गण्डकी प्रदेश र स्पेनको बि डिभिजन क्लबबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिश्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।
उक्त टीममा विश्व कप खेलेका पूर्व खेलाडी मिचेन, मानवेल सहितका खेलाडी सहभागी हुने छन् । स्पेनबाट ५२ जनाको टोली पोखरा आउने छ । गण्डकीको टीमबाट नेपाली फुटवल टिमका पूर्वकप्तान अनिल गुरुङले कप्तानी गर्नेछन् । गण्डकीको टोली अहिले बन्द प्रशिक्षणमा छ ।
केही दिनमा २५ जना खेलाडी छनोट गरी मैत्रीपूर्ण खेलका लागि कम्तिमा एक हप्ता प्रशिक्षण गर्न लागिएको कप्तान गुरुङले जानकारी दिए । सोही टोलीले पुस १४ गते काठमाडौंमा पनि मैत्रीपूर्ण खेल खेल्ने छ ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया