मेस्सी भन्छन्- जुलियन अल्भारेज 'अद्भुत' र 'असाधारण' खेलाडी हुन्

काठमाडौँ- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फरवार्ड जुलियन अल्भारेजलाई अद्भुत तथा असाधारण खेलाडी भएको बताएका छन् । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिनालाई क्रोएसियाविरुद्ध जित दिलाउन ३ मध्ये २ गोल २२ वर्षीय अल्भारेजले गरेपछि मेस्सीले उनलाई अद्भुत र असाधारण भएको बताएको बीबीसीले जनाएको छ ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड अल्भारेजले विश्वकपमा ४ गोल गरिसकेका छन् । केवल मेस्सी र फ्रान्सका कायलियन एम्बाप्पेले समान ५-५ गोल गरेका छन् ।
उपाधिका लागि अर्जेन्टिनाले आइतबार फ्रान्सविरुद्ध खेल्दैछ । फ्रान्सले मोरक्कोलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
मेस्सीका अनुसार अल्भारेजले सहभागिता हुने तथा उनले टिमका लागि यस्तो योगदान गर्ने भन्नेबारे कसैले सोचेको थिएन ।
अल्भारेजले टिमका लागि दिएको योगदान एकदमै महत्वपूर्ण र अद्भुत रहेको मेस्सीले टिप्पणी गरे ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया