शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

गण्डकी प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित

कास्कीः गण्डकी प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सोमबारदेखि सुरु विशेष अधिवेशनको सोमबारको बैठकमा सत्तरुढ नेकपा एमालेकै सांसदले विरोध जनाएपछि संसद् बैठक स्थगित भएएको हो । 

बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले बोलेपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए । पीसीआर परीक्षणको माग गर्दै उनीहरुले बैठक अवरुद्ध पारेका हुन् । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान केही दिन पर धकेल्न एमाले सांसदले पीसीआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध पारेका हुन् ।