भारतीय चर्चित अभिनेता विवेक ओबेरोयद्वारा चन्द्रागिरि हिल्स भ्रमण

काठमाडौँ- भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकन गरका छन्।
अभिनेता ओबेरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
ओबेरोयले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिँदै काण्माडौँको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताउनुभयो । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_2oYt1QA6tR_uqunishesnfnbritehieuqkywprfz35kmui7qvhud4vu8nd3qcmedtif0egd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया