कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा

काठमाडौँ - काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन् ।
आज काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताएका हुन् ।
'अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ', उनले भने, 'राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।' आफू नयाँ अवधारणा र सोचका साथ सामाजिक काम गर्ने तयारीमा रहेको र त्यसको सुरुवात काठमाडौँ क्षेत्र नं ४ बाट हुने उनको भनाइ छ ।
काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा १ मा निर्वाचित प्रदेशसभा सदस्य श्रीराम लामिछानेले निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षभित्र पूरा गर्ने जिकिर गरे । काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ का पार्टी सभापति रामप्रसाद लुइँटेलले चुनावी घोषणापत्रलाई पाँच वर्षसम्म ध्यान दिएर जनतासँग गरेका बाचा पूरा गर्न सुझाव दिए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया