विश्वप्रकाशमा मैले बिपीको गुण पाएँः राजेशपायल राई

काठमाडौं- गायक राजेशपायल राईले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश गुणहरू भएको बताएका हुन् । उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोइराला जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोइरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको उल्लेख गरे ।
राईले अन्य नेताहरूले चुनावमा जितेपछि मेरो जित भयो भन्ने गरे पनि शर्माले आफ्नो जित जिल्लावासीको भएको भन्दै आफूलाई बिपीका रूपमा सिद्ध गरेको बताए । उनले कोही पनि मानिसले भ्रम पालेर बस्नु नहुने जिकिर गरे ।
गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रको लागि राम्रो बनेर प्रमाणित गर्न सक्नुपर्ने बताए ।

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

प्रतिक्रिया