गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : महासचिव भुसाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीको काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका साथै छलफल भइरहेको बताए ।
कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै उनले पार्टीले देशभर संगठन बिस्तार गर्दै गतिशील बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गरे ।
पार्टीको शक्तिलाई पुनःगठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उहाँले निर्देशन दिए ।
काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ, अनुशासन आयोगका केन्द्रीय सदस्य सीताराम नेपाललगायतले चुनावी समीक्षा गर्दै आगामी दिनमा सशक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।
विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधि रहेको कार्यक्रममा नेवारी बाजाको संरक्षणमा लागेका स्रष्टा अर्जुन डङ्गोललाई सम्मान गरिएको थियो । उनले नेवारी संस्कृतिअन्तर्गत बाँसुरी, मादल, धिमे, डम्फु, खिं, नगरालगायत परम्परागत नेवारी बाजाहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया