हेटौडाकी सुशीला तामाङलाई मिसेस् हिमालयन नेपालको उपाधि

काठमाडौँ - मिसेस् हिमालयन नेपाल २०२२ को उपाधि हेटौडाकी सुशीला तामाङले जितेकी छिन् । हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ भएका छन् ।
राजधानीमा सम्पन्न कार्यक्रममा सब टाइटल अवार्ड तर्फ बेस्ट पर्सनालिटी दिया चन्द ठकुरी, मोस्ट एट्राक्टिभ काजल भित्राकोटी, वेस्ट डिसिप्लिन शान्ति बस्नेत, मोस्ट कन्फिडेन्ट शुसिला थिङ तामाङ, वेस्ट फोटोजेनिक तारा शाही लिम्बु, मोस्ट डिलिजेन्ट कमला कार्की राजबहाक, वेस्ट स्माईल बबी कार्की, मोस्ट पपुलर शुसिला थिङ तामाङ,पब्लिक च्वाईस भिडियो अवार्ड दिया चन्द ठकुरी ले हात पार्न सफल भए ।
वेस्ट फेसन कोरियोग्राफर २०२१ को अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा सम्पन्न उक्त कार्यक्रम विवाहित महिलाहरूको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुको साथै समाजमा महिलाहरूको नेतृत्वदायी भूमिका स्थापित गराउने उद्देश्य प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता विशाल विष्ट, फेसन डिजाइनर शुक्निता चौलागाई, मिस नेपाल आइडल निमालमु शेर्पा, मिसेस् नोबेल नेपाल शर्मिला थापा, मिस्टर मोडल अफ द वर्ल्ड मिलेनियम तन्डुकार रहेका थिए ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया