अख्तियारद्वारा तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष लामाविरुद्ध राजस्व चुहावटको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामाविरुद्ध राजस्व चुहावट आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
लामाले कर्मचारी र व्यवसायीहरूसँग मिलेमतो गरेर नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजस्व चुहावट गरेकाे भन्ने उजुरीमाथि अनुसन्धान हुँदा उनीहरू दोषी देखिएको अख्तियारको दाबी छ ।
उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न व्यक्तिहरूमा अध्यक्ष लामा, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, एएण्ड डिबि कन्ष्ट्रक्सन प्रालिका संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिज कुमार दोङ, दुवाकोट कन्स्ट्रक्सन प्रालि, भक्तपुरका संचालक राम चन्द्रप्रसाद प्रधानाङ्ग, सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक वेद नारायण दंगाल, सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र दुवाकोट कन्स्ट्रक्सन प्रालिका आधिकारिक प्रतिनिधि सत्यमान लामा उपर कानुनबामोजिम सजायको मागदाबी गर्दै अख्तियार आज आरोपपत्र दायर गरेको हो ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया