महानगरलाई सर्वसाधारणकाे प्रश्न : राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?

काठमाडौं- काठमाडौंको अनामनगरमा महानगरको ज्यादतीविरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् ।
आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् । निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमति विपरीत महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए ।
स्थानीयले महानगरले निजी सम्पत्तिको प्रयोग गर्न पाउने संविधान प्रदत्त अधिकार प्रयोगमा अवरोध सिर्जना गरेको भन्दै महानगरको कार्यविरुद्ध नाराबाजी गरेका थिए । स्थानीयको विरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय तनावग्रस्त बनेको थियो ।
एक सर्वसाधरणले महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय बिना जनतालाई महानगरले दुःख दिने काम गरेको भन्दै विरोध गरेका थिए । उनले महानगरले राजश्व उठाउने बहाना बनाउँदै गलत काम गरिरहेको बताए ।
उनले भने, ‘महानगरसँग हामीले के विश्वास गर्ने, हिजो एउटा कुरा भनेको थियो, आज अर्कै भनेर बाइक लिएर गएको छ । एक लाइन राख्न पाउँछ भनेर गएको हो । महानगर र ट्राफिक प्रहरीबीच समन्वय नै छैन अनि सर्वसाधारणलाई दुःख दिन मिल्छ । राजश्व उठाउने बहाना हो भन्ने स्पष्ट भन्नुस् । महानगरपालिकाले सरासर गलत गरिरहेको छ, जनतालाई जुनबेला पनि दुःख दिएर हुन्छ । राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?
स्थानीयहरूले महानगरको गाडी नियन्त्रणमा लिएपछि महानगरले प्रहरी परिचालन बलप्रयोग गर्दै सवारी साधन उठाएर लगेको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया