पसलबाट महिनावारी रकम असुल्ने सईविरुद्ध मुद्धा

काठमाडौं–पसलका सञ्चालकहरुसँग महिनावारी पैसा असुल्ने नेपाल प्रहरीका सईविरुद्ध मुद्धा दर्ता गरिएको छ । सीमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको हो ।
चौधरीले धनुषाको नगराइन नगरपालिका–२, जटहीस्थित पसलका सञ्चालकसँग महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा पसल सञ्चालन गर्न नदिने भन्दै पैसा असुल्ने गरेका थिए । उनले पसलमा घूस माग गरेको उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको छ । चौधरीलाई चार हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
चौधरीले आफ्नो कार्यालयको मोटरसाइकल बनाउने बहानामा पैसा असुल्ने गरेका थिए ।
घूस लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ.को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएकोले चौधरीलाई नौ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरिएकाे छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया