घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता

मनिला । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन ब्रियोनेसले बताएका छन् ।
प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै ब्रिओन्सले बताएअनुसार सो घरमा १० जनाको परिवार बसोबास गर्ने गरेको बुझिएको छ । उनकाअनुसार अग्नि नियन्त्रकहरूले बेपत्ता भएका अन्य तीन जनाको खोजी गरिरहेका छन्। आगलागी हुँदा उनीहरु घरबाहिर थिए वा थिएनन् भन्ने यकिन हुन सकेको छैन ।
आगो लाग्दा पीडितहरू निदाएकाले भाग्न नसकेको भएको ब्रिओन्सले बताएका छन् । आगलागी के कारणबारे अनुसन्धान भइरहेको छ । (रासस-सिन्ह्वा)

रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

महाराजाधिराज सरकार परमधाम, ढिलो भइसकेछ

हामीले प्राज्ञभन्दा परामर्शदाता बढी पैदा गर्याैं

मायादेवीको मन्दिर निर्माण गराउने गौचनको स्मरण

मानार्थ सैन्य पदवीको इतिहास

प्रतिक्रिया