गण्डकी कांग्रेसको निर्णय : आफ्नै नेतृत्वमा प्रदेश सरकार

पोखरा- गण्डकी प्रदेश नेपाली कांग्रेसको कार्यसमितिले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘गठबन्धनभित्र ठूलो पार्टीको रुपमा कांग्रेस छ । उसैको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘अब छिट्टै पदाधिकारी बैठक बस्छौं । बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाउँछ ।’
संसदीय दलको नेता भने सर्वसम्मत बनाउने प्रयास गर्ने उनले बताए । ‘सर्वसम्मतको प्रयास गर्छौं । निर्वाचित भएर आएपछि सबै सांसद दलको नेता बन्न योग्य हुुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूको इच्छालाई स्वभाविक लिँदै सर्वसम्मत नेतृत्व चयनमा लाग्छौं । हामी चुनाव गराएर दुई धार बनाउने तिर लाग्दैनौँ ।’ बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन बुझाउन सबै जिल्लालाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा बसेको बैठकले गठबन्धन र कांग्रेसलाई मतदान गरेकोमा मतदातालाई धन्यवाद दिएको छ । गण्डकीमा १८ जना प्रत्यक्ष र ९ जना समानुपातिकसहित २७ जना सांसद कांग्रेसले जितेको छ । यस्तै माओवादीले ५ जना प्रत्यक्ष र ३ समानुपातिक गरी ८ सिट जितेको छ । कांग्रेस र माओवादीको गठजोडले यहाँ सजिलै सरकार बन्न सक्छ ।
सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी अनुशासन विपरीत काम गर्नेलाई प्राप्त प्रतिवेदनका आधारमा कारबाही अघि बढाउने निर्णय गरेको सभापति शर्माले बताए ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया