सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

फिफा विश्वकपः पहिलो हाफमै फ्रान्सविरुद्ध अर्जेन्टिनाको २ गोल

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

लुसेल स्टेडियममा जारी फाइनलको पहिलो हाफमा अर्जेन्टिनाले २ गोलको अग्रता लिएको छ ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र एन्जेल डी मारियाले एक-एक गोल गरे । मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

मारियाले ३६ औँ मिनेटमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।