‘हात्तीछाप’मा सौगात अनुबन्धित, फेरि सौगात र दयाको ‘ब्रोमान्स’

काठमाडौँ - किरण नेपालीको निर्माणमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’मा सौगात मल्लले पनि अभिनय गर्ने भएका छन् । निर्माण टिमले आइतबार उनलाई फिल्ममा अनुबन्ध गरेको जानकारी गराएको हो । यो फिल्ममा यसअघि दयाहाङ राई पनि अनुबन्ध भइसकेका छन् । फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् ।
योसँगै किरणले नै बनाएको फिल्म ‘२ नम्बरी’पछि सौगात र दयाहाङले फेरि एउटै ब्यानरमा काम गर्ने पक्का भएको छ । सौगात र दयाले काम गरेको ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद कमाइ गरेको थियो ।
यो फिल्ममा दुवैले साथीको भूमिका निर्वाह गरेका थिए । फिल्मभित्र उनीहरूको ब्रोमान्स दर्शकका लागि रुचिकर लागेको थियो । फिल्मको कथालाई प्रदीप भारद्धाजले लेखेका हुन् । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मलाई चैत्रबाट सुरु गर्ने योजना निर्माताको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया