नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण सुरु

काठमाडौँ- नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण सुरु भएको छ । आइतबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गरेका हुन् ।
उद्धघाटन समारोहमा सुभशन्ध्या ब्यान्डले सांगीतिक प्रस्तुति पनि दिएको थियो । उद्घाटन समारोहमा बोल्दै आयोगका अध्यक्ष मगरले दुर्गम तथा पछाडि पारिएका सीमान्तकृत मानिसलाई मानवअधिकारबारे बुझाउनु आवश्यक रहेको बताए । ‘दूरदराजमा मानिसलाई मानव अधिकारको शिक्षा प्रदान गरेर मानव अधिकार भनेको भन्ने कुरा जानकार गराउँनु पर्छ । मानव अधिकारको शिक्षा प्रदान गर्ने शसक्त माध्यम नै सिनेमा हो । त्यसैले मानव अधिकारको सन्देश प्रवाह गर्न यस महोत्सवले महत्पूर्ण भूमिका निर्वाह गर्न सक्छ’, उलने भने ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि मानव अधिकार सम्बन्धी छोटो फिल्म निर्माण गरेर अधिकारको सन्देश प्रवाह गर्दै आइरहेको उनले बताए । त्यस्तै महोत्सवमा विश्वभरीबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्रहरु देखाइने महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए ।
महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ देखाइयो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना भएको महोत्सव पुस ६ सम्म चल्ने छ ।
महोत्सवमा नेपालबाट निर्देशक अभिनाष विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावन अधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन् । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सवमा प्रर्दशन गरिने चलचित्रलाई चार विधाका उत्कृष्ट चलचित्रलाई नगद सहित अवार्ड प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ ।
महोत्सवमा ‘लुकेरा बसेका कथाहरुलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिने भएको छ । मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिने छन् । महोत्सवको दोस्रो दिन ‘जल वायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि राखिएको छ ।
महोत्सवमा प्रत्येक दिन चलचित्रहरु प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवं कलाकर्मीहरुबीच चलचित्र र मानव अधिकारको विषय अन्र्तक्रिया पनि गरिने छ । महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहने छ । महोत्सवको समापन समारोहमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ ।
महोत्सवमा युरोपियन युनियन नेपाल, नेपालका लागि अष्ट्रेलियाली दूतावास, इन्टरनेश्नल कमिसन अफ ज्युरिस्ट’ आइओएम लगायत विभिन्न संघसंस्थाको सहयोग रहनेछ । त्यस्तै महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र रिपोटर्स क्लबको सहकार्य रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया