जेम्स बोन्ड बन्न नपाएकोमा क्याथरिनलाई पछुतो

लसएन्जल्स- अभिनेत्री क्याथरिन जेटा जोन्सले लेडी जेम्स बोन्ड बन्न नपाउनु आफ्नो अभिनय करिअरको दुःखद क्षण बताएकी छिन् । ५३ वर्षीय अभिनेत्रीले जेम्स बन्ड अभिनेता सिन कोनरीले आफूलाई जेम्स बोन्ड बनाउन निकै बल गरे पनि सफल नभएको स्मरण गर्दै पछुतो मानेकी हुन् ।
सिन कोनरी र क्याथरिनले सन् १९९९मा रिलिज भएको ‘इन्ट्रयापमेन्ट’मा काम गरेका थिए । यही फिल्मको दौरान दुवै नजिकिएका थिए । ‘कोनरीले तिमी जेम्स बन्ड बन्न खुबै सुहाउँछ भनेर मेरा लागि जोड गरेका थिए । तर मैले त्यो मौका पाइँन । अभिनय यात्रामा यही एउटा कुरा चाहिँ मलाई खट्किन्छ,’ उनले भनिन् ।
डेनियल क्रेगले अन्तिम फिल्म गरेसँगै निर्माण टिम अहिले नयाँ जेम्स बन्डको खोजीमा छ । यसमा धेरैले महिलालाई जेम्स बन्ड बनाउनु पर्ने आवाज पनि उठाइरहेका छन् । तर निर्माण टिमले कुनै निधो गरिसकेको छैन । तर यो फिल्मका निर्माता मध्येका एक बारबारा ब्रोकोलीले सिरिजमा बन्डको भूमिका पुरुषले नै निर्वाह गर्ने स्पष्ट पारेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया