वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र : नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताएका छन् ।
सोमबार काठमाडौँमा पार्टीबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले सरकार गठनको विभिन्न चर्चा परिचर्चा हुन थालेको र वामपन्थी मिलेर सरकार बनाउने कुरा आएको भन्दै जनता अलमल्याउने काम हुन थालेको बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफूहरू फर्कन नसक्ने पनि जिकिर गरे ।
अध्यक्ष नेपालले गठबन्धनका दलहरू आन्तरिक छलफलमा रहेकाले एकै ठाउँमा बसेर सरकार गठनको समीकरण टुंगो लगाउने धारणा राखे । अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम आफूहरू प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनभित्रकै दलहरूका नेताहरूमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने बताए ।
त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले सरकार गठनको विभिन्न कोणबाट छलफल भए पनि वाम लोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना प्रबल रहेको धारणा राखे । उनले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले यसअघि नै तोडेकाले अहिले वामपन्थी सरकार बन्न नसक्ने तर्क गरे ।
उनले आगामी सातासम्म सरकारको बारेमा टुङ्गो लाग्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया