विश्वकप विजेता अर्जेन्टिनाले कति रकम हात पार्यो ?
काठमाडौँ- कतारमा आइतबार राति सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पार्यो । अर्जेन्टिनाले केवल उपाधि मात्र लिएन, त्यससँगै ठूलै रकम समेत हात पारेको छ ।
फिफाले समग्रमा ४४० मिलियन अमेरिकी डलर अर्थात ५८ अर्ब ४५ करोड ३२ लाख ९६ हजार नेपाली रुपैयाँ बराबरको पुरस्कार वितरण गर्यो । जसमध्ये विजेता बनेको अर्जेन्टिनाले ५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार नेपाली रुपैयाँ पायो ।
उपविजेता फ्रान्सले भने ३ अर्ब ९८ करोड ५४ लाख हात पार्यो । तेस्रो भएको क्रोएसियाले ३ अर्ब ५८ करोड ६९ लाख तथा चौथो भएको मोरक्कोले ३ अर्ब ३२ करोड र १२ लाख प्राप्त गरे ।
क्वार्टरफाइनलमा पराजित चार टिमले जनही २ अर्ब २५ करोड ८४ लाख तथा अन्तिम १६ मा पराजित भएका ८ टिमले जनही १ अर्ब ७२ करोड ७० लाख हात पारे ।
समूह चरणबाट बाहिरिएका १६ टिमले भने जनही १ अर्ब १९ करोड ५६ लाख पाए ।

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

एटलान्टाको पोस्टमा इन्टर मिलानको दुई गोल

प्रतिक्रिया