स्थानीय तह गम्भीर हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई क्रमश: आत्मनिर्भर संस्थाका रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
सोमबार काठमाडौँमा नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमश: आत्मनिर्भर संस्थाका रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।
जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने गरी स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रूपमा पूरा गर्नुपर्ने उनले बताए ।
त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रूपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राखे । उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने बताए ।
उनले मुलुकको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह गम्भीर हुनुपर्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया