अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्छ : जबरा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्मा आएको बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्मा आएको बताएका हुन् । उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने जिकिर गरे ।
ठूला पार्टीहरूसँग काम गर्ने शक्ति पनि नभएको उनकाे भनाइ छ । उनका अनुसार राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसद्बाट देखाउने छ ।
जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताए । उनले आफूहरूले भोलिको नेपाल कस्तो हुनसक्छ भन्ने कुरा संसद्मा प्रदर्शन गरेर देखाउने दाबी गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया