कर्णालीमा दलको नेताका लागि काँग्रेसका दुई नेताको दाबी

सुर्खेत- कर्णाली प्रदेश सभाका सदस्य राजीवविक्रम शाहले दलको नेतामा दाबी गरेका छन् । कर्णालीमा सरकार गठनको प्रक्रिया अघि बढेसँगै नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यमा विजयी भएका शाहले सामाजिक सञ्जालमार्फत दलको नेतामा दाबी गरेका हुन् ।
कर्णालीमा सरकार गठनको प्रक्रिया सुरु हुँदै गर्दा दल नेताका लागि चर्चा सुरु भएको छ । १४ सिटसहित पहिलो दल बनेको नेपाली काँग्रेसमा संस्थापन पक्षकै दुई जनाले संसदीय दलको नेताका लागि दाबी गरेका छन् ।
त्यसैगरी काँग्रेसकै अर्का नेता जीवनबहादुर शाही पनि दलको नेतामा दाबी गर्दै आएका छन् ।
मुख्यमन्त्रीकै निरन्तरताका लागि हाल प्रदेशका मुख्यमन्त्री शाही प्रदेश सभाको चुनाव लडेको प्रतिक्रिया दिएका छन् ।
केन्द्रीय नेताहरूको सल्लाहअनुसार आफू नै मुख्यमन्त्रीमा निरन्तर हुनेगरी प्रदेशमा झरेको उनले बताए । मुख्यमन्त्री शाहीलाई नै प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै आफूलाई दलको नेतामा सहयोग गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'मलाई कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सहयोग र समर्थन गर्नुहुनेछ भन्ने आशासहित, जय नेपाल ।'

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया