दिल्लीलाई १ रनले हराउँदै शीर्ष स्थानमा बेंगलोर

काठमाडौँ : आइपीएल क्रिकेटमा दिल्लीलाई हराउँदै बेंगलोर शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती भएको खेलमा दिल्लीलाई एक रनले हराउँदै बेंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।
अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि एबी डिभिलियर्सले सर्वाधिक ७५ र रजत पतिदरले ३१ रन बनाए ।
१७२ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रनमा सिमित भयो । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएकोमा दिल्लीले १२ रन मात्रै बनाउन सक्यो ।
उसका लागि कप्तान रिषभ पन्तले नटआउट ५८ र शिमरन हेटमेरले नटआउट ५३ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । बेंगलोरका हर्षल पटेलले सर्वाधिक २ विकेट लिए ।
जितसँगै बेंगलोर ६ खेलबाट १० अंकसहित आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ८ अंकसहित तेस्रो स्थानमा छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया