फिफा विश्वकपपछिको कतार
काठमाडौँ- अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलपछि आइतबार कतारमा फिफा विश्वकप फुटबल औपचारिक रुपमा समापन भएको छ । १२ वर्षको तयारीपछि २८ दिनसम्म चलेको विश्वकपका कारण कतार गल्लीहरु फुटबल समर्थकले भरिभराउ थियो ।
तर विश्वकप समापन भएको भोलिपल्ट नै अर्जेन्टिना, ब्राजिल, मोरक्कोसँगै सहभागी देशका समर्थकहरूको बाक्लो उपस्थिति हुने कतारको राजधानी दोहामा रहेको चर्चित सोक वाकिफ अहिल सुनसान बनेको छ ।
सोक वाकिफमा कपडा पसल संचालन गरिरहेका अहमद सलामका अनुसार विश्वकप सकिएको कुराले उनलाई निराश तुल्याएको छ । सलामले जनाए अनुसार विश्वकपका दौरान कतारको माहोल अविश्वसनीय रहेको तथा उनलाई भ्याइनभ्याइ थियो ।
कतारले विश्वकपका क्रममा कम्तिमा पनि १२ लाख विदेशी पर्यटकको अपेक्षा गरेको थियो ।
विश्वकप सकिएसँगै विभिन्न स्थान झुन्ड्याइएका झन्डा तथा विश्वकप लक्षित बस्तुहरू हटाउन थालिएको छ । रेल स्टेसनहरू सुनासान झै देखिएको छ । तर कतिपय मानिसहरू अझै पनि अर्जेन्टिनाको जर्सी लगाएर बाटोमा हिडिरहेका देखिन्छन् ।
(श्रोतः अलजजिरा)

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया