मकवानपुरमा सातामा तीन दिन बैँक खुल्ने, सवारीमा जोरबिजोर लागू

हेटौँडा : मकवानपुरमा सातामा ३ दिनमात्रै बैंक तथा वित्तिय संस्थाहरू खुल्ने भएका छन् । सातामा सबै बैंकहरूले आलोपालो गर्दै बिहान ११ बजेदेखि २ बजेसम्म ३ दिन सेवा प्रवाह गर्ने भएका हुन् । मंगलबार कोभिड-१९ नियन्त्रण तथा रोकथाम गर्न प्रमुख जिल्ला अधिकारी र बैंक तथा वित्तिय संस्थाको प्रमुखहरू बीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लामा कोभिड-१९ को जोखिम बढ्दै गएको भन्दै बैंकहरूमा हुने भीडभाड कम गर्न २४ सै घण्टा एटीएम मेशिन सञ्चालनमा राखिने भएको छ । सहकारीलेहरूले बजार तथा घरमा गएर नगद संकलन कार्य बन्द गर्ने र आलोपालो गर्दै सातामा ३ दिन बिहान ११ बजेदेखि २ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने भएको छ । बैंकहरूको सेवा प्रवाहको व्यवस्था बैंकर्स एसोसिएसन मकवानपुर र सहकारीको सेवा प्रवाह जिल्ला सहकारी संघले व्यवस्था गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
यसैबीच जिल्लामा बुधबारबाट चल्ने निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर लागू हुने भएको छ । यसअघि हेटौंडामा चल्ने निजी सवारीमा प्रशासनले जोरबिजोर लागू गरेको थियो । बुधबारबाट अर्का सूचना नभएसम्म लामो दूरीका सवारी, सरकारी र अत्यावश्यक सेवा (स्वास्थ्य, खाद्यान्न, खानेपानी, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, बैंक तथा वित्तय संस्था, दुरसञ्चार, क्वारेन्टाइन, आइसोलेसन र फोहोरमैला) बाहेकका जिल्लाभित्र संचालन हुने सबै सवारीमा जोरबिजोर लागू गर्ने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसको बैठकले निर्णय गरेको छ । बुधबारबाट जिल्लामा सैलुन, ब्युटिपार्लर र मदिरा व्यवसाय अर्का सूचना नभएसम्मको लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

खहरे पुलमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

बिपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालन रोक

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रतिक्रिया