पहिलो लेगमा चेल्सी र रियल म्याड्रिडको बराबरी

काठमाडौँ : युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा चेल्सी र रियल म्याड्रिडले बराबरी खेलेका छन् । मंगलबार राती रियलको घरेलु मैदानमा भएको खेलमा चेल्सी र स्पेनिस महारथी रियलले एक–एक गोलको बराबरी खेलेका हुन् ।
चेल्सीका लागि क्रिष्टियन पुलिसिकले खेल सुरु भएको १४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता भने धेरैबेर टिकेन ।
खेलको २९ औँ मिनेटमा रियलका लागि करिम बेन्जेमाले बराबरी गोल फर्काए । अब चेल्सीको मैदानमा हुने दोस्रो लेगमा विजयी गोल गर्ने टिम फाइनल पुग्नेछ । च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनलमा आज राती म्यान्चेस्टर सिटी र पीएसजी खेल्नेछन् ।
पीएसजी गएको सिजनको उपविजेता हो । उसले यसपटक बार्सिलोना र आफूलाई फाइनलमा हराएको बायर्न म्युनिकलाई हराउँदै सेमीफाइनल पुगेको हो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया