सभापति देउवालाई रामचन्द्र पौडेलको समर्थन

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका छन् ।
दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका सभापति देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गदै नेता पौडेलले भने, “अहिलेको परिस्थितिमा म सभापति देउवालाई समर्थन गर्छु, उहाँलाई निर्विरोध संसदीय दलको नेता बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।”
कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया