कांग्रेस बागमती प्रदेश संसदीय दलमा निर्वाचन हुने, समिति गठन

काठमाडौँ - नेपाली कांग्रेसले प्रतिनिधिसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु गरेकै दिन बागमती प्रदेशको दलको नेता चयन गर्नका लागि पनि निर्वाचन गरिने भएको छ ।
कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय निर्णयसँगै प्रक्रिया सुरु भएको छ ।
कार्यसम्पादन समितिको बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिमा प्रदेशका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाको दाबी गर्दै आएका छन् ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया