दि नेपाल डिस्टीलरिज ४० यूपीको मदिरामा प्रवेश

काठमाडौं - ‘दि नेपाल डिस्टीलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।
यो ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए । उनकाअनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।
यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ। रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ । यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_2oYt1QA6tR_uqunishesnfnbritehieuqkywprfz35kmui7qvhud4vu8nd3qcmedtif0egd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया